Fast Nepal News

अररिया प्रशासनले दियो वीरपुर नाका प्रयोग अनुमति

banner single news

विराटनगर — २५ पुस २०७८

विराटनगर , जोगवनी नाकाबाट हुने आयात–निर्यातमा अवरोध नपुगोस् भनेर भारतको अररिया प्रशासनले वैकल्पिक मार्गका रूपमा तत्कालका लागि वीरपुर नाका प्रयोग गर्ने अनुमति दिएको छ । तर प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले अझै दुई दिन जोगबनी नाकाबाट भइरहेको आयात–निर्यात ठप्प हुने बताइएको छ । भारतको बथनाहस्थित मिरगन्ज पुल भासिएपछि जोगवनी नाकाबाट हुने आयात–निर्यात शुक्रबारदेखि ठप्प छ । अररियाका सहायक प्रशासक अलवेलासहित नेपालको उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मी, मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष नवीन रिजालबीच शनिबार भएको छलफलमा अररिया प्रशासनले तत्कालका लागि आयात–निर्यात गर्न वीरपुर नाका प्रयोग गर्न अनुमति दिएको हो ।

भारतीय पक्षले जोगवनी नाका सञ्चालनमा ढिलाइ हुने भएपछि सुनसरीको भन्टाबारी नाका पारिको वीरपुर नाका प्रयोग गर्ने सहमति दिएको हो । ‘तर दुवै मुलुकले माथिल्लो निकायको अनुमति लिनुपर्ने प्रावधानका कारण अझै केही दिन आयात–निर्यात सुरु भइहाल्ने अवस्था छैन,’ छलफलमा सहभागी रिजालले भने । नेपाल पक्षबाट आइतबार मात्र माथिल्लो निकायबाट स्वीकृति आउने स्थिति छ । ‘भारतमा आइतबार बिदा हुन्छ । त्यसैले त्यहाँको माथिल्लो निकायबाट स्वीकृति लिन सोमबार पर्खनुपर्ने भएकाले अझै दुई दिन जोगवनी नाकाबाट आयात–निर्यात हुने अवस्था छैन,’ संघका वरिष्ठ उपाध्यक्ष रिजालले भने ।

Inside Article Ads

सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले शुक्रबार अररिया प्रशासनसमक्ष करिब १५ किमि घुमाउरो कुर्साकट्टा नाका प्रयोग गर्न दिन माग गरेका थिए । उक्त नाकामा पर्ने सडक साँघुरो भएकाले साना मालवाहक गाडी मात्र गुड्न सक्ने भएपछि यसअघि पनि वैकल्पिक मार्गका रूपमा वीरपुर मार्ग प्रयोग गर्न अररिया प्रशासन सहमत भएको रिजालले बताए ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.