Fast Nepal News

एमालेमा दुई समूहबीच प्रतिस्पर्धा

banner single news

ताप्लेजुङ — २३ पुस २०७८

ताप्लेजुङ , महाधिवेशन प्रतिनिधि छनोटमा दुईवटा समूह देखिएको यहाँ जिल्ला अधिवेशनमा पनि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा भूपेन्द्र थेवे र बलबहादुर साम्साहाङ उम्मेदवार निश्चित जस्तै भए पनि अन्य सदस्यको टुंगो लगाउन भने दुवै समूहलाई हम्मे परेको छ । जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक साम्सोहाङ र सह–संयोजक थेवे समूहबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै रहेको जिल्ला नेताहरू बताउँछन् । जिल्ला कमिटी सदस्यका अनुसार वडादेखि नै प्रतिनिधिहरू छुट्टिएर आएका छन् । यसअघिका सबैजसो पदाधिकारी दोहोरिन चाहेकाले पनि दुवैलाई समूह बनाउन समस्या भएको छ ।

साम्सोहाङ एमाले र माओवादी एकीकरण अघिका अध्यक्ष हुन् भने थेवे नेकपामा विवाद आएपछि केपी शर्मा ओलीले बनाएको समानान्तर कमिटीका अध्यक्ष हुन् । प्रदेश कमिटिले दुवैलाई मिलाएर अधिवेशन आयोजक कमिटीको संयोजक र सहसंयोजक बनाएको छ । साम्सोहाङलाई संयोजक, थेवेलाई सहसंयोजक र बाँकी सबै सदस्यलाई जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिइएको छ । निर्वाचन कार्यक्रम २४ गतेलाई तोकिएको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.