
तनहुँ — २३ पुस २०७८
तनहुँ , तनहुँको सेल्फीडाँडाका रूपमा चर्चित मानहुँकोट ५० वर्षका लागि ‘लिज’ मा लिन बतास समूहले व्यास हिल्स प्रालि खडा गरेको छ । यो कम्पनीसँग सम्झौता गर्न व्यास नगरपालिकाले अध्ययन प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बतासको कम्पनीले यो क्षेत्रमा होटल तथा रेस्टुरेन्ट चलाउने बताए । ‘मानहुँकोटमा रेस्टुरेन्ट र होटलसहितका पूर्वाधार बनाउन व्यास हिल्स प्रालिले ५० वर्षका लागि जग्गा भाडामा दिन प्रस्ताव पेस गरेको छ,’ उनले भने, ‘यो विषयमा गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी कम्पनीलाई आफ्नो प्रस्ताव थप स्पष्ट पार्न भनिएको छ ।’
( कान्तिपुर दैनिक )
