
कास्की — २३ पुस २०७८
कास्की , स्याङ्जाको वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट २ महिनादेखि सञ्चालनमा आएको छ । दिसाजन्य लेदो व्यवस्थापन सहरी क्षेत्रमा चुनौतिको रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । घरघरमा रहेका सेफ्टी ट्यांकी भरिएपछि बाहिरी खुल्ला ठाउँमा लगेर आफूखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित हुन गएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको खाँणले बताए ।
( कान्तिपुर दैनिक )
