Fast Nepal News

नाकामै खोप दिने तयारी

banner single news

टीकापुर — २३ पुस २०७८

टीकापुर , कैलालीको पूर्वी क्षेत्रमा कारोना संक्रमण रोकथामका लागि सीमा नाकामा भारतबाट भित्रिनेको परीक्षण सुरु गरिएको छ । संक्रमण रोकथामका लागि सचेतना कार्यक्रम पनि थालिएको छ । नेपाल—भारत सीमा नाका खक्रौलामा आउजाउ गर्ने नेपालीलाई नाकामै खोप लगाइने टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । उनकाअनुसार सीमा नाका खक्रौलामा अहिले पनि हेल्थ डेस्क राखिएको छ । सम्भवत शनिबारबाट खोप लगाउन सुरु गरिने उनले बताए । टीकापुरमा १८ वर्ष माथिकालाई खोप लगाइएको छ । करिब ६० प्रतिशत जनसंख्यालाई खोप लगाइसकिएको रावलले बताएका छन् ।

Inside Article Ads
अधिकांशले खोप लगाइसकेका छन् । उनले अब टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेकोले त्यति गाह्रो नहुने पनि सुनाए । टीकापुर अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टमा दैनिक ५५ सिलिन्डर अक्सिजन भर्न सकिने क्षमता छ । अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले टीकापुर अअस्पताललाइ ८० लाख, टीकापुर नगरपालिकाको २० लाख, जानकी गाउँपालिकाको १५ लाख र भजनी नगरपालिकाले पनि १५ लाख रुपैया सहयोग गरेका हुन् । टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रावलका अनुसार टीकापुरमा सिटी हललाई कोभिड अस्पतालका रुपमा स्थापना गरिएको छ । ‘संक्रमित बढेमा अस्पतालमा नअटाउने भए सिटी हलमा राखेर पनि उपचार गर्छौं’ उनले भने ।   

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.