
रुकुम पूर्व — २३ पुस २०७८
रुकुम पूर्व, नेकपा (एमाले) रुकुम पूर्वको जिल्ला अधिवेशन एक महिनापछि हुने भएको छ । यसअघि नै भएको निर्णयअनुसार जिल्ला अधिवेशन एक महिनापछि सारिने भएको हो । पुस १० गतेको जिल्ला कमिटी बैठकले माघको २२ र २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । विशेष कारणले एक महिनापछि अधिवेशन गर्ने गरी निर्णय गरिएको जिल्ला सचिव लिलामणि गौतमले जानकारी दिए ।
हिमाली जिल्लालाई पार्टीले नै आफ्नो अनुकुलतामा अधिवेशन गर्नु भन्ने निर्देशनलाई आधार मानेर जिल्ला अधिवेशन सारिएको सचिव गौतमले बताए । त्यसअघि पुस २८ गते जिल्ला कार्यकर्ता भेला भने आयोजना गरिएको उनले बताए । लुम्बिनी प्रदेश अधिवेशनका प्रतिनिधि छनोट गर्नका लागि भेला आयोजना गरिएको हो । रुकुम पूर्व छुट्टै जिल्ला बनेपछि पहिलो पटक अधिवेशन हुन लागेको हो । यी दुई रुकुम पश्चिम र रुकुम पूर्व जिल्ला अलग भएपछि हुन लागेको यो नै पहिलो अधिवेशन हो ।
( कान्तिपुर दैनिक )
