
काठमाडौँ — २३ पुस २०७८
काठमाडौँ , नेकपा एमालेले शुक्रबार ६१ जिल्लामा अधिवेशन गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । १६ जिल्लामा भने प्रतिकूल मौसम र आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन रोकिएको छ । प्रदेश २ को सप्तरीबाहेकका ७ जिल्लामा आन्तरिक तयारी नपुगेका कारण अधिवेशन रोकिएको हो । त्यस्तै रोल्पामा जिल्ला सचिव निमप्रसाद रोकाको निधन भएकाले अधिवेशन स्थगित भएको छ । संखुवासभामा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमै पुस २६ गते अधिवेशन गर्ने तयारी एमालेले गरेको छ ।
( कान्तिपुर दैनिक )
