Fast Nepal News

आगो निभाउने क्रममा सिलिन्डर पड्किएर १ जनाको मृत्यु, १२ घाइते

banner single news

काँकडभिट्टा —  २२ पुस २०७८

झापा मेचीनगर-७ पिपलचोकस्थित केशव पाठकको घरमा बुधबार राति लागेको आगो  निभाउने क्रममा ग्यास सिलिन्डर पड्किएर एक जना छिमेकीको मृत्यु भएको छ । त्यस्तै १२ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालका अनुसार टिनको छानो, चित्राको बेरा भएको १ तले कच्ची घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दै आएका थिए । घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट हुन गई आगो लागेको थियो । आगो निभाउने क्रममा घरमा रहेको दुई वटा ग्यास सिलिन्डर पड्किएको थियो । आगो निभाउने क्रममा मेचीनगर नगरपालिका–८ बस्ने वर्ष ४५ को सारद राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्यास पड्किएर घाइते उनलाई धुलबारीको एन्जल मेडिकलमा लगिएको थियो तर मेडिकलमा पुर्‍याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Inside Article Ads

घटनामा घाइते भएका बिर्तामोड–९ का २० वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर–७ का दिपेन्द्र काकी, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानी शंकर न्यौपाने, हरि विक र निर्मल शर्माको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही स्थानका अर्जुन अधिकारीकी छोरी ८ वर्षीय छोरी सुशीला अधिकारी अधिकारी समेत घाइते भएकी थिइन् । स्थानीय शाही सुमिरन मेडिकल इँटाभट्टामा उपचारपछि उनी डिस्चार्ज भएको प्रहरीले जनाएको छ । मेचीनगरको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।  ( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.