Fast Nepal News

कांग्रेस कार्यालयमा भोक हडताल

banner single news

महोत्तरी — २२ पुस २०७८

महोत्तरी , महोत्तरीमा कांग्रेसको क्षेत्रीय अधिवेशन नगरी जिल्ला अधिवेशन गर्न लागिएको भन्दै भोक हडताल सुरु भएको छ । विवादपछि क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित छ । त्यो नगराई माघ १६ मा जिल्लाको अधिवेशन गराउने केन्द्रीय निर्वाचन समितिले निर्णय गरेको छ । निर्णयको विरोध गर्दै बुधबार जलेश्वरमा कांग्रेसका पूर्वजिल्ला सचिव तथा महासमिति सदस्य बजरंग नेपालीले कांग्रस जिल्ला कार्यालयमै भोक हडताल थालेका हुन् ।

Inside Article Ads
कांग्रेस महोत्तरीका कार्यवाहक सभापति शम्भु पाठकले क्षेत्रको अधिवेशन नगरी जिल्लाको अधिवेशन गर्नु त्यस क्षेत्रका नेता–कार्यकर्तालाई न्याय नहुने भन्दै आन्दोलन थालिएको बताए । पुस १६ मा पिपरामा क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत हेमबहादुर कार्की क्षेत्रीय सभापति राघबेन्द्र झाकै उपस्थितिमा पुस १९ सम्म बैठक बसाइ निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको थियो । तर, सभापति झाले बैठकको लागि पहल नै नगरेको आरोप छ ।   
( कान्तिपुर दैनिक )
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.