Fast Nepal News

‘सुन्दरी तोप’ ५० वर्षपछि दैलेख फर्काइयो

banner single news

दैलेख — २२ पुस २०७८

दैलेख , नेपाल एकीकरणका बेला निर्माण गरिएको करिब २ सय ३२ वर्ष पुरानो ‘सुन्दरी’ तोप झन्डै ५० वर्षपछि दैलेख फर्काइएको छ । नारायण नगरपालिकास्थित कोतगढीमा पुनःस्थापना गर्न फर्काइएको उक्त तोप बुधबार अस्थायी रूपमा काँडाचौरस्थित नेपाली सेनाको ब्यारेकमा राखिएको छ । सुनौला रंगको ‘सुन्दरी’ तोप अवलोकन गर्न बुधबार बिहानैदेखि स्थानीयको घुइँचो लागेको थियो । ‘सुन्दरी’ तोपलाई स्वागत गर्न जनप्रतिनिधिसहित मौलिक सांस्कृतिक झाँकी, खस जातिको पहिचानका पोसाक र तरबार नाचसहित स्थानीय उपस्थित थिए ।

स्थानीयले टोलटोलमा फूलमाला लिएर तोपलाई हर्षबढाइँ गरे । २०२८ को भोकमरीले दैलेखको ज्वाला दल गणलाई सुर्खेतमा सारियो । त्यतिबेलै सिपाहीले बोकेरै सुर्खेत पुर्‍याएका थिए । दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामाको नेतृत्वमा जंगी अड्डाले सुर्खेत राजदलमा राखिएको सुन्दरी तोप दैलेख पुनःस्थापना गर्न स्वीकृति दियो । स्थानीय नारायण नगरपालिकाले जिम्मा लिएपछि तोप पुनःस्थापना अघि बढाइएको हो ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.