Fast Nepal News

पर्सा निकुञ्जको पश्चिमी क्षेत्रमा बाघ गणना

banner single news

पर्सा — २१ पुस २०७८

पर्सा , पर्सा राष्ट्रिय निकुन्जको पश्चिमी भेगमा बाघ गणनाका लागि क्यामेरा जडान गरिएको छ । चितवन–पर्सा कम्प्लेक्सलाई ३ वटा ब्लकमा छुट्याएर बाघ गणना हुदै आएको हो । हाल दोस्रो ब्लकअन्तर्गतको वनक्षेत्रमा क्यामेरा जडान गरिएको छ । त्यहाँ गणना सकिएपछि ती क्यामेराहरू तेस्रो ब्लकमा जोडिने पर्सा निकुन्जका सूचना अधिकृत सन्तोष भगतले बताए ।   

‘दोश्रो ब्लकको गणना सकेर सम्भवतः माघको पहिलो सातादेखि तेस्रो ब्लकमा क्यामेरा जडान गरिनेछ,’ उनले भने, ‘तेश्रो ब्लकमा पर्सा निकुन्जको बाँकी भाग र यो निकुन्जसँग जोडिएका राष्ट्रिय वनको केही भागसमेत हुनेछ ।’ निकुन्जसँग जोडिएको राष्ट्रिय वनक्षेत्रमा पनि बाघ सक्रिय रहेको पाइएकाले त्यहा पनि गणना गर्ने गरी क्यामेरा जडान गर्न लागिएको उनले बताए । बाघ पाइने बिभिन्न निकुन्ज तथा वन क्षेत्रलाई ३ वटा कम्प्लेक्समा बिभाजित गरी मंसिर १९ देखि राष्ट्रिय बाघ गणना सुरु गरिएको थियो ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.