Fast Nepal News

राष्ट्रिय सभा उम्मेदवारका लागि खर्च सीमा ३ लाख ५० हजार रुपैयाँ

banner single news

काठमाडौँ — २१ पुस २०७८

काठमाडौँ , निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारका लागि खर्चको सीमा तोकेको छ । आयोगले राष्ट्रिय सभा निर्वाचन नियमावली-२०७६ अनुसार सदस्यका लागि उम्मेदवारले विभिन्न शीर्षकमा ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ । विभिन्न १० शीर्षकमा गरी ३ लाख ५० हजार रुपैयाँ खर्चको सीमा तोकिएको हो ।

उम्मेदवारका लागि सवारी साधन/घोडा शीर्षकमा ७० हजार रुपैयाँ खर्च गर्न पाउने तोकिएको छ । त्यस्तै गोष्ठी/अन्तरक्रिया शीर्षकमा १ लाख र कार्यालय सञ्चालनमा ७० हजार रुपैयाँ खर्च तोकिएको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा चुनिन ४३ जनाले उम्मेदवारी दिएका छन् । महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो ।

Inside Article Ads

२०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएर ४ वर्षे कार्यकाल पूरा गर्न लागेकाहरूका स्थानमा चुनाव हुन लागेको हो । निर्वाचन आयोगले जुन प्रदेशको सदस्य रिक्त भएको हो, त्यहीं उम्मेदवारी दिने व्यवस्था गरेको थियो ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.