Fast Nepal News

भ्याली पब्लिकमा बास्केटबल

banner single news

काठमाडौँ — २१ पुस २०७८

काठमाडौँ , भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबार सुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । समूह ‘ए’ मा जेभियर कलेज, टाइम्स कलेज, हेराल्ड कलेज र साइपाल एकेडेमी तथा समूह ‘बी’ मा भ्याली पब्लिक कलेज, अक्सब्रिज कलेज, ट्रिनिटी कलेज र एन्जल्स हर्ट कलेज छन् । समूहका शीर्ष २ टोली सोझै सेमिफाइनलमा पुग्नेछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्वमेजर लिलबहादुर गुरुङले कोभिड–१९ का कारण लामो समयसम्म सुस्ताएको विद्यालय खेलकुद गतिविधिलाई प्रतियोगिताले केही हदसम्म खेलाडीलाई चलायमान बनाउन मदत पुग्ने बताए ।

आयोजक भ्याली पब्लिकका कप्तान सक्रिय अधिकारीले प्रतियोगिताले प्रतिभावन खेलाडीको पहिचान गर्न सहयोग पुग्ने बताउँदै आफ्नो टिमको लक्ष्य उपाधि रहेको बताए । प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले विगतमा भ्याली पब्लिकले विद्यालयस्तरीय बास्केटबल आयोजना गर्दै आएकामा प्लस टुमा पनि अध्ययन सुरु भएकाले पहिलोपटक कलेजस्तरीय प्रतियोगिता गर्न लागिएको बताए । पुस २६ सम्म चल्ने प्रतियोगिताका खेल कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको आफ्नै कोर्टमा हुनेछ ।  

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.