Fast Nepal News

मन्त्री र सचिवहरूसँग प्रधानमन्त्री देउवाले छलफल गर्ने

banner single news

काठमाडौँ — २२ पुस २०७८

काठमाडौँ , प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम कारबाबही लगायत विषयलाई लिएर मन्त्री र सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन् । छलफलका लागि बुधबार दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र सचिवहरूलाई बोलाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारका काम कारबाही, अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था, सार्वजनिक सेवाहरू लगायत विषयमा मन्त्री र सचिवहरूबाट ब्रिफिङ लिने, साथै निर्देशन दिने कार्यक्रम रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुधबार दिउँसो ३ बजे मन्त्री र सचिवहरूलाई निर्देशन दिने कार्यक्रम रहेको बताइन् ।

‘धेरै समय पार्टीका आन्तरिक काममा उल्झन भयो, अब सरकारका काममा केन्द्रित हुनुपर्नेछ, प्रधानमन्त्रीज्यूले निर्देशन दिने कार्यक्रम छ,’ मन्त्री रेग्मीले भनिन् । त्यसअघि दिउँसो साढे १ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठकमा सरकारका काम कारबाही र प्रधानमन्त्रीको भारत भ्रमण लगायतका विषयमा छलफल हुने जनाइएको छ । देउवा यसपटक प्रधानमन्त्री भएपछि पहिलो पटक आगामी साता भारत भ्रमणमा जाँदैछन् । त्यस्तै, राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीको विषयमा समेत छलफल हुने जनाइएको छ ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.