Fast Nepal News

कांग्रेस जिल्ला सभापतिलाई ‘धम्क्याउने’ एसपी पाण्डे निलम्बित

banner single news

काठमाडौँ — २२ पुस २०७८

काठमाडौँ , प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मंगलबार बेलुका निलम्बन गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । ‘एसपी पाण्डेमाथि अनुसन्धान जारी छ,’ उनले भने, ‘अनुसन्धानलाई सहयोग पुर्‍याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।’

पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।

कांग्रेस नेताको आरोप- ‘एसपीले मलाई गोली हान्ने धम्की दिए’

Inside Article Ads

कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका थिए । यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १:२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका हुन् । ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा एसपी पाण्डेविरुद्ध जाहेरी परेको थियो ।    

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.