Fast Nepal News

आन्दोलनरतलाई विद्यार्थी नेताको साथ

banner single news

मोरङ — २० पुस २०७८

मोरङ , नोबेल मेडिकल कलेजविरुद्ध संघर्ष समिति नै गठन गरी आइतबारबाट सुरु भएको विरोध प्रदर्शनमा बिहीबार गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थी युनियनका नेता तथा एमालेका भ्रातृ संगठन अनेरास्ववियु मोरङका विद्यार्थी नेताले समर्थन जनाउँदै प्रदर्शनमा सहभागिता जनाएका छन् । नोबेलले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलित विद्यार्थीको समर्थन गर्दै विद्यार्थी नेताहरू सहभागी भएका हुन् । गण्डकी मेडिकल कलेजका विद्यार्थी संगठनका नेता मनीष भट्टराई र सौगात पाण्डे तथा अनेरास्ववियु मोरङका नवीन पहाडीलगायतका नेताले बिहीबारको प्रदर्शनमा सम्बोधन गरेका थिए ।

उनीहरूले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने कलेजलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । ‘अतिरिक्त शुल्क नबुझाउँदा कलेज प्रवेशमा रोक लगाउनु अपराध हो,’ विद्यार्थी नेताले एक मत राख्दै भने, ‘कलेज प्रवेशमा रोक लगाउने कलेज प्रशासन र सञ्चालकलाई अविलम्ब स्थानीय राज्यले कानुनी दायरामा ल्याएर विद्यार्थीको पढ्न पाउने मौलिक अधिकारको संरक्षण गर्नुपर्छ ।’ प्रशासनले गुन्डा परिचालन गरेर कलेज प्रवेशमा रोक लगाउनुका साथै अतिरिक्त शुल्क नबुझाए विद्यार्थी र घरपरिवार पनि सुरक्षित नरहने धम्की दिनेलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याई सुरक्षाको प्रत्याभूति गराउन विद्यार्थी नेताहरूले माग गरेका हुन् ।

Inside Article Ads

पीडित विद्यार्थीले १/१ रुपैयाँ चन्दा संकलन गरेर नोबेल मेडिकल कलेजको दान पेटिकामा बुझाएरसमेत विरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ देखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै बुधबारदेखि पठनपाठनमा रोक लगाएको थियो । कलेजले पुस ११ बाट कक्षा सुरु गरेको तर १२ र १३ गते सुरक्षा गार्ड राखेर अतिरिक्त शुल्क बुझाएपछि मात्रै कक्षामा प्रवेश दिने विद्यार्थीलाई जानकारी गराएका थिए । अभिभावकको आग्रहमा तीन दिन पढ्न दिए पनि बुधबारदेखि अतिरिक्त शुल्क नबुझाउनेको पठनपाठन रोकेको हो । कलेजमा रहेका १ सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई मात्र पढाइरहेको छ ।                

( कान्तिपुर दैनिक )

Visited 7 times, 3 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.