Fast Nepal News

धनकुटामा बहुला कुकुरले टोकेर १२ घाइते

banner single news

धनकुटा — २० पुस २०७८

धनकुटा , बहुला कुकुरको टोकाइले सोमबार १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना सिकिस्त रहेको अस्पतालका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए । १० जनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ । एक नाबालक र ९० वर्षिया वृद्धालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

धनकुटा नगरपालिका ५, ६ र ७ वडा सबैभन्दा बढी प्रभावित रहेको प्रहरीले जनाएको छ । बालमन्दिर, कर्मीटार, चुलीवन, हुलाकटोललगायत क्षेत्रका स्थानीयलाई बहुला कुकुरले टोकेको छ । कुकुर मार्न धनकुटा नगरपालिकाले नगर प्रहरी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.