Fast Nepal News

राजमोले तुलबहादुर विकलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने

banner single news

काठमाडौँ — २० पुस २०७८

काठमाडौँ , राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा तुलबहादुर विकलाई उम्मेदवार बनाउने भएको छ । जनमोर्चाको संगठन समता समाजका अध्यक्ष रहेका विकलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले जानकारी दिइन् । सत्तारूढ गठबन्धनले जनमोर्चालाई एक सिट दिने निर्णय गरेको थियो ।

विक लुम्बिनी प्रदेशबाट उम्मेदवार हुनेछन् । हाल राष्ट्रिय सभामा जनमोर्चाको प्रतिनिधित्व छैन । सोमबार सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड गरेको थियो । जसअनुसार कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको छ ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.