Fast Nepal News

वरिष्ठ सहकारि अभियन्ता, उद्यमी, समाजसेवी तथा लायन्सका सिनियर लिडर रामशरण बस्नेत सक्सेस अचिभर्स अवार्ड २०२१ बाट सम्मानित

banner single news

काठमाडौं । समाजका विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेकाहरु सक्सेस अवार्ड २०२१ बाट सम्मानित भएका छन् । विभिन्न सामाजिक संघ सस्थाको सद्भावना राजदूत भएर र केही सस्थामार्फत् आफ्नै पहलमा समाजमा दिएको योगदानको कदरस्वरुप अनुजा मिडियाले सक्सेस अचिभर्ष अवार्ड २०२१ बाट सम्मान गरेकको हो । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको हात बाट सम्मान-पत्र र अवार्ड प्रदान गरेको गरिएको थियो। सामाजिक तथा विभिन्न क्षेत्रमा विभिन्न अन्तराष्ट्रिय अवार्डसमेत जितेका वरिष्ठ सहकारि अभियन्ता, उद्यमी, समाजसेवी तथा लायन्सका सिनियर लिडर रामशरण बस्नेत पूर्व प्रधानमन्त्री मान्नीय माधव कुमार नेपाल ज्यू बाट सक्सेस अचिभर्स अवार्ड २०२१ बाट उक्त कार्यक्रममा सम्मानित हुनु भएको थियो । समाजका लागि राम्रो कामबापत उनले सक्सेस अचिभर्स अवार्ड २०२१ प्राप्त गरेका हुन् ।

सम्मान पाउनेमा र्‍यापर तथा समाजसेवी निर्णय श्रेष्ठ पनि छन् । गायक निर्णय श्रेष्ठले विगत २५ वर्षदेखि गायनको अलावा सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आउँनु भएको गायक निर्णय श्रेष्ठ पनि उक्त कार्यक्रममा सक्सेस अचिभर्स अवार्ड २०२१ बाट सम्मानित हुनु भएको थियो । उक्त अवार्ड समाजका विभिन्न क्षेत्र मा सफलता हात पारेका र समाजमा योगदान दिएका अन्य १३लाई पनि प्रदान गरिएको छ । सम्मानित हुनेमा नाडाका अध्यक्ष ध्रुव थापा, हास्यकलाकार मनोज गजुरेल, शिक्षाविद् डाक्टर राजेन्द्र केसी, चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र न्यौपाने, मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन वेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्षासेवी उत्तम सञ्जेल, युवा व्यवसायी विकास पाण्डे, महिला उद्यमी विदूषि राणा, तथा वरिष्ठ पत्रकार ऋषि धमला लगायत छन् ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.