
रुकुम पूर्व — १९ पुस २०७८
रुकुम पूर्व, रुकुम पूर्वका ६ हजारभन्दा बढी बालबालिकाले मोडर्ना खोप लगाएका छन् । १२ देखि १७ वर्षसम्मका ६ हजार २ सय १६ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिए । जिल्लाका विभिन्न विद्यालय र स्वास्थ्य कार्यालयबाट बालबालिकालाई खोप दिइएको थियो । गिरीका अनुसार सबभन्दा बढी सिस्नेका २ हजार ४ सय ५०, भूमेका २ हजार ५४ र पुथाउत्तरगंगाका १ हजार ७ सय १२ जना बालबालिकाले मोर्डन खोप लगाइसकेका छन् ।
स्वास्थ्य कार्यालयले पुस ६ देखि १० गतेसम्म सिस्ने र भूमे गाउँपालिकाका विद्यालयमा खोप अभियान चलाएको थियो भने पुस १० देखि १४ गतेसम्म पुथाउत्तरगंगा गाउँपालिकाका विद्यालयहरूमा खोप अभियान चलाइएको थियो । स्वास्थ्य कार्यालयमा आउने बालबालिकालाई खोप दिइरहेको गिरीले जानकारी दिए ।
( कान्तिपुर दैनिक )
