Fast Nepal News

गुफाडाँडामा रेस्लिङ हेर्नेको घुइँचो

banner single news

गुफाडाँडा, सिन्धुपाल्चोक — १९ पुस २०७८

गुफाडाँडा, सिन्धुपाल्चोक, मेलम्ची नगर, पाँचपोखरी र इन्द्रावती गाउँपालिकाको सीमाभेग गुफाडाँडा प्राय: सुनसान रहन्थ्यो । आइतबार भने यहाँ अलग्गै रौनक देखिन्थ्यो । कारण थियो यहाँ भइरहेको २ लाख ६५ हजार पुरस्कार राशी भएको ‘सेकेन्ड आरडब्लु स्ल्याम रेस्लिङ’ । जिल्लामा मुस्किलले हुने ‘रेस्लिङ म्याच’ हेर्न स्थानीय वृद्धवृद्धादेखि युवा जमातको तँछाडमछाड देखिन्थ्यो, जसलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । सिन्धुपाल्चोकका दुई र अन्य एक महिला रेस्लरलाई हुटिङ दिने र चिच्याउने सयौंको भीड झन्डै रिङमा पुग्न भ्याए, तेश्रो म्याचमा रिङ बाहिर दर्गुदै प्लास्टिकको टेबुल हानाहान हुन थालेपछि केही हुल भागभाग गर्दै हेरिरहे ।

जिल्लामा पाँच विधाको रेस्लिङ प्रतियोगिताअन्र्तगतको ठूलो ‘आरडब्लु हेभिवेट रेस्लर’ को उपाधि चौतारा साँगाचोकगढी नगर चौताराका चट्टानले उचाले । जिल्ला समन्वय समितिको प्रायोजनमा नेपाल रिङ रेस्लिङ एशोसेसियनद्वारा आयोजित प्रतियोगिताको ‘आरडब्लु हेभिवेट म्याच’मा उनले चर्चित रेस्लर साइमलाई रिङमा टिक्न नदिएर केही समयमै हराए । जिल्ला समन्वय समितिकाअनुसार ‘सेकेन्ड आरडब्लु स्ल्याम रेस्लिङ’ पाँच विधाको उपाधि विजेता रेस्लरमा आरडब्लु हेभिवेट वेट म्याचमा ७५ हजार, मिडलमा ५० हजार, हार्डकोर ६५ हजार ,लाइट ३५ हजार र ट्याग टिमका विजेताले ४० हजारसहित मेडल र प्रमाणपत्र पाए ।

Inside Article Ads

प्रतिनिधिसभा सदस्य पूर्वमन्त्री शेरबहादुर तामाङ, मेलम्ची नगरका मेयर डम्बर अर्यालसहित अन्य जनप्रतिनिधिले विजेतालाई पुरस्कार वितरण गरेका थिए । चार वर्षअघि ७७ जिल्लाका समन्वय समितिको प्रमुख उपप्रमुखको उपस्थितिमा जलवायु सम्मेलन भएको गुफाडाँडामा ‘सेकेन्ड आरडब्लु स्ल्याम रेस्लिङ’ पाँच विधाको प्रतियोगिता गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए । जिल्लामा मुस्किलले हुने यो ‘रेस्लिङ म्याच’ हेर्न लागेको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको उनले उल्लेख गरे ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.