
रुकुम पश्चिम — १९ पुस २०७८
रुकुम पश्चिम, रुकुमको बाँफिकोट गाउँपालिका–९ की २६ वर्षीया कमला खनालको हत्या श्रीमान्ले नै गरेको पाइएको छ । अनुसन्धानको क्रममा कमलाका २५ वर्षीय श्रीमान् दीपक भनिने दलजित खनालले आफैले श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । घाँटी थिचेर श्रीमतीको हत्या गरेको भनेर दीपकले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए । ‘दुवैजना बीच वादविवाद बढ्दै जाँदा दिपकले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी निरीक्षक शर्माले भने, ‘थप अनुसन्धान पनि हुँदै छ ।’
( कान्तिपुर दैनिक )
