Fast Nepal News

सिरहाको मिर्चैयामा ट्रकमा आगजनी

banner single news

सिरहा — १९ पुस २०७८

सिरहा , पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया खण्डमा अज्ञात समूहले सोमबार बिहान ट्रकमा आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मिर्चैया नगरपालिका–६ बतहा पुल नजिक अज्ञात समूहद्वारा बिहान साढे ५ बजेतिर उखु बोकेको ना ४ ख १००९ नम्बरको ट्रकमा आगजनी गरिएको हो ।

Inside Article Ads
आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । ट्रकमा लगाइएको आगो निभाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद ओलीले जानकारी दिए । हालसम्म ट्रक चालक र कुनै व्यक्ति सम्पर्कमा नआएकोले कसले र किन आगजनी गरेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।            

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.