Fast Nepal News

कैलाली कांग्रेसमा देउवा–आरजु समर्थन खोजिँदै

banner single news

धनगढी — १८ पुस २०७८

धनगढी , सात जना केन्द्रीय सदस्य पाएको कैलाली कांग्रेसको पुस २७ गते हुने जिल्ला अधिवेशनका लागि नेताहरूको दौडधुप सुरु भएको छ । संस्थापन र इतर पक्षभन्दा पनि यहाँ संस्थापन (शेरबहादुर देउवा) पक्षकै प्रत्यासी बीच प्रतिस्पर्धा हुने सम्भावना छ । इतर पक्षले छुट्टै टिम बनाएर निर्वाचन लडे पनि प्रतिस्पर्धाचाहिं संस्थापन पक्षकै दुई टिमबीच हुने अनुमान कांग्रेस नेताहरूले गरेका छन् । कांग्रेसका पुराना नेताहरू नारायण भट्ट र प्रकाश बमका फरक–फरक टिम बन्ने सम्भावना रहेको कांग्रेसका स्थानीय नेता रामचन्द्र अवस्थीले बताए ।

संस्थापनबाट सभापतिका प्रत्यासी रहेकाहरू अहिले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको समर्थनको जुटाउने कसरतमा छन् । नेता अवस्थी भन्छन्, ‘कांग्रेस नेताहरू नारायण भट्ट, प्रकाश बम, खेम चौधरी, भीम बडुवाल, गणेश देउवालगायतका नेताहरू प्रतिष्पर्धामा रहे पनि भट्ट र बमबीच प्रतिष्पर्धा हुने बढी सम्भावना देखिएको छ ।’ बम कैलाली कांग्रेसका वर्तमान उपसभापति हुन भने भट्ट पूर्व उपसभापति हुन् । प्रतिस्पर्धामा रहेका अरु नेताहरू प्नि लामो समयदेखि कांग्रेस कैलालीका विभिन्न पदमा रहेर काम गरिरहेका हुन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.