Fast Nepal News

हिउँमा फसेका बाबुछोराको उद्धार प्रयास जारी

banner single news

ताप्लेजुङ — १८ पुस २०७८

ताप्लेजुङ , हिमपातका कारण गत पुस १४ गतेदेखि जंगलमै अलपत्र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका बाबुु र छोराको उद्धार प्रयास आइतबार पनि गरिने भएको छ । लाक्पाटासी र उनका १४ वर्षीय छोरा पासाङको खोजीमा अल्टिच्युट एयरको हेलिकप्टर शनिबारदेखि ताप्लेजुङमा छ ।

हिजो दुईपटक प्रयास गर्दापनि नदेखिएपछि साँझ पर्दै गएको, मौसम बिग्रिएको र इन्धन सकिने भएपछि तेह्थुमको लसुने गएको हेलिकप्टर इन्धन भरेर बिहानै आउने पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताए । लोकेसन करिब पत्ता लागिसकेकाले आइतबार बिहान उद्धार सहज हुने अपेक्षा गरिएको उनले जानकारी दिए । गोठ सार्ने क्रममा परेको हिमपातका कारण ओडारमा बसेका उनीहरुले निस्कन नसकेकाले हेलिकप्टरबाट उद्धार गरिदिन परिवार र वडाध्यक्षलाई आग्रह गरेका थिए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.