Fast Nepal News

आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार

banner single news

काठमाडौँ — १८ पुस २०७८

काठमाडौँ , आइतबार दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । बैठक पुस २२ गते (बिहीबार) दिउँसो एक बजे सम्मका लागि स्थगित गरिएको संघीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

पुस ११ गतेदेखि काठमाडौंमा माओवादी केन्द्रको महाधिवेशन जारी छ । माओवादीकै आग्रहमा आजको बैठक बिहीबारका लागि सारिएको संसद् सचिवालय स्रोतले जनाएको छ ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.