Fast Nepal News

केही जहाज आकाशमै होल्ड,साउदीबाट आएको हिमालय एयरलाइन्स ढाका डाइभर्ट

banner single news

काठमाडौँ — १६ पुस २०७८

काठमाडौँ , बाक्लो हुस्सु र कुहिरोका कारण शुक्रबार बिहानदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान हुन सकेका छैनन् । त्रिभुवन विमानस्थलमा अवतरण नहुने भएपछि साउदी अरबबाट आएको हिमालय एयरलाइन्सको विमान ढाका डाइभर्ट गरिएको छ । त्यस्तै बिहानै अवतरण हुनुपर्ने कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुइटा विमान निजगढको आकाशमा फन्को लगाइरहेका छन् । त्यस्तै दोहाबाट आएको हिमालय एयरलाइन्स र दुबईबाट आएको फ्लाई दुबईको जहाज पनि आकाशमै होल्डिङमै रहेका छन् । त्यसैगरी आन्तरिकतर्फ पनि केही उडानहरू रद्द गरिएका छन् भने अधिकांश उडान मौसम खुल्ने प्रतीक्षामा रहेका छन् ।

काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । टर्मिनल ड्युटी अफिसका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज सिमरामाथिको आकाशमा फन्को लगाइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने गर्छ । यहाँबाट दैनिक ५० को हाराहारीमा अन्तर्राष्ट्रिय र ३ सयको हाराहारीमा आन्तरिक उडान हुने गर्छन् ।

Inside Article Ads
जल तथा मौसम विज्ञान विभागले अहिले देशका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जानकारी दिएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको विभागको भनाइ छ । गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।          

( कान्तिपुर दैनिक )

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.