Fast Nepal News

सप्तरीमा खेतमा गएकी महिलाको हत्या

banner single news

सप्तरी — १३ पुस २०७८

सप्तरी , सप्तरीको छिन्नमस्ता गाउँपालिकाकी एक महिलाको घाँटी रेटेर हत्या भएको छ । आइतबार साँझ घरबाट खरानी लिएर खेतमा पुगेकी छिन्नमस्ता–१ बरहीवीरपुरकी ५५ वर्षीया भुटनीदेवी यादव सोमबार बिहान मृत फेला परेको प्रहरीले जनाएको हो । घटनास्थल नजिकै बियर र रक्सीका खाली बोतलसमेत फेला परेका छन् ।

शवको प्रकृति हेर्दा टाउकोमा बियरको बोतल प्रहार गरिएको प्रहरीको अनुमान छ । मृतकका श्रीमान् जबाहरि यादव सामान्य कृषक हुन् । उनका दुई छोरा, एक छोरी र एक बुहारी छन् । सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको बताए ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.