Fast Nepal News

द्वन्द्वपीडितको विवरण माग

banner single news

रोल्पा —१३ पुस २०७८

रोल्पा , लुम्बिनी प्रदेश सरकारले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका, घाइते र अंगभंग भएकाहरूको विवरण संकलन थालेको छ । सरकारले द्वन्द्व प्रभावित जिल्लाहरूबाट विवरण संकलन थालेको हो । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सरकारले सबै खालका पीडितको विवरण पठाउन प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको बताए । सरकारले विवरण मागेअनुसार माओवादी सशस्त्र द्वन्द्वबाट अति प्रभावित रोल्पाबाट विवरण पठाइएको स्थानीय प्रशासनले जनाएको छ । ‘हामीसँग मागेको विवरण पठाएका छौं ।

 हालसम्म भएका विवरण संकलन गरेर पठाएका हौं,’ प्रजिअ सापकोटाले भने । उनले सरकारले पीडितका लागि राहत दिने उद्देश्यले विवरण संकलन गरिएको हुन सक्ने बताए । माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा मुलुकमै सबैभन्दा बढी द्वन्द्वपीडित छन् । सशस्त्र द्वन्द्वका क्रममा रोल्पामा राज्य र विद्रोही पक्षबाट ९ सय ४६ जनाको ज्यान गएको छ । राज्य पक्षबाट ७ सय ६२, विद्रोहीबाट १ सय ६५, दोहोरो भिडन्तमा ८ जना र पक्ष नखुलाइएको ११ जनाको ज्यान गएको थियो । प्रशासनका अनुसार हालसम्म राज्य पक्षबाट २७ र विद्रोहीबाट ६ जना गरी ३३ जना बेपत्ता छन् ।        

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.