Fast Nepal News

विवरण नहुँदा खोप लगाउन ढिलाइ

banner single news

बारा — १३ पुस २०७८

बारा , १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप देशभर दिन थालेको एक साता बितिसक्दा पनि बारामा अझै सुरु भएको छैन । कहिलेदेखि सुरु गरिने भन्ने अझै निश्चित छैन । विवरण उपलब्ध नभएकोले खोप सञ्चालन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका १६ पालिकामध्ये ४ वटाले स्वास्थ्य कार्यालयमा विवरण बुझाएका छैनन् । विवरण बुझाएका १२ पालिकाका बालबालिकाले व्यवस्थापनको अभावमा खोप लगाउन पाएका छैनन् । खोप सुरु भए नभएकोबारेमा स्थानीय स्तरमा रहेको जिल्ला कोभिड व्यवस्थापन तथा नियन्त्रण समितिसमेत बेखबर छ । समितिको बैठक नै हुन छाडेको छ । समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले खोप अभियान तत्काल सुरु गर्न निर्देशन दिने बताए । सरकारले गत आइतबार (पुस ४) देखि देशका ५७ जिल्लामा खोप अभियान सञ्चालन प्रदेशमा खोप पठाएको हो ।

‘विवरण नभएपछि योजना बनाउनै समस्या भइरहेको छ,’ जिल्ला स्वास्थ्य प्रमुख रामनरेश यादवले भने, ‘त्यसैले कति खोप मगाउने भन्ने विवरण यकिन नै छैन ?’ विवरण उपलब्ध गराउन पालिकालाई पटकपटक भनिए पनि उपलब्ध नभएको उनले बताए । ‘खोप केन्द्र र विद्यालयमै खोप दिने भनिए पनि यहाँ त्यसअनुसार जनशक्ति छैन्,’ उनले भने, ‘खोप पूरा गर्न अझै समय लाग्ला ।’ उनका अनुसार कलैया उपमहानगर, कोल्हवी नगरपालिका, प्रसौनी गाउँपालिकाले विवरण उपलब्ध गराएका छैनन् । कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रह्लाद वर्णवालले विद्यार्थीको विवरण उपलब्ध गराउन सूचना गरिए पनि नआएको बताए । कतिपय विद्यालयसित विद्यार्थीको जन्म दर्ता छैन, जन्म दर्ताबिनै भर्ना गर्ने प्रवृत्ति छ । ‘अब विकल्पमा शिक्षा व्यवस्थापन सुचना प्रणाली (इमिस) को अभिलेखअनुसार खोप दिने तयारी छ,’ वर्णवालले भने ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.