Fast Nepal News

‘ऐन-कानुनमा त्रुटिले समस्या’

banner single news

धनुषा — १२ पुस २०७८

धनुषा , महान्यायाधिवक्ता खम्मबहादुर खातीले ऐन कानुनको त्रुटिले पीडितलाई न्याय दिलाउन समस्या भएको बताएका छन् । कानुन व्यवहारमा आएपछि त्रुटिहरू देखा परेको बताउँदै उनले समय परिस्थितिअनुसार संशोधन नहुँदा न्याय सम्पादनमा समस्या भएको टिप्पणी गरे । महान्यायाधिवक्ताको कार्यालयले आइतबार जनकपुरमा आयोजना गरेको सरकारी वकिलको वार्षिक कार्य समीक्षा तथा अनुशिक्षण कार्यक्रममा महान्यायाधिवक्ता खातीले ऐन/कानुनको त्रुटिले संविधान कार्यान्वयनमा जटिलता भएको बताए ।

सरकारी वकिल कार्यालयमा मुद्दाको चाप बढेको र जनशक्ति अभाव भएकाले न्याय सम्पादनमा प्रत्यक्ष असर परेको उनको भनाइ छ । कार्यक्रममा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश विनोद शर्माले सरकारी वकिल कार्यालयमा मुद्दाको चाप अत्यधिक र जनशक्ति कम भएको उल्लेख गर्दै मुद्दाको चाप भएको स्थानमा जनशक्ति बढाउन महान्यायाधिवक्ताको ध्यानाकर्षण गराए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

 

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.