Fast Nepal News

नेप्लीज फेसन होमले “मिस नेवा नेपाल” आयोजना गर्ने

banner single news

१५ वर्षदेखि नेवारी कला, संस्कृति र संस्कारको प्रवद्र्धन तथा विकासका लागि नेवार समुदायका युवतीहरुबीच सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमले यस वर्ष पनि मिस नेवा ः नेपाल आयोजना गर्ने भएको छ।
आगामी फागुन अन्तिममा आयोजना गरिने १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ का लागि देशैभरका इच्छुक नेवार समुदायका युवतीहरुको अडिसन गरिने नेप्लीज फेसन होमले जनाएको छ। आयोजक संस्थाले जानकारी गराएअनुसार यसका लागि नेप्लीज फेसन होमको कार्यलयमा सम्पर्क गरी आवेदन भर्नु पर्नेछ।

नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तानतरण गर्नका लागि डेढ दशकदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। ‘आत्म विश्वास र व्यक्तित्व विकास त जसले पनि सिकाउँछ। हामी चाहिँ नेवारी संस्कृति र संस्कारअनुसार पूजा कसरी गर्नेदेखि भोज कसरी बनाउने, नेवारी लिपीदेखि भाषा र पहिरनसम्म गरी नेवार कला,संस्कृति, भाषा र संस्कारसम्बन्धी सबै कुरा सिकाउँछौँ। त्यसैले मिस नेवाः नपालको फाइनल कम्टीशिन शोका हिसाबले एक दिन मात्र जस्तो देखिए पनि प्रतियोगिताअन्र्तगत कम्तीमा २ महिनाको कार्यक्रम हुन्छ’ मानन्धरले भनिन्।

मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले यो प्रतियोगिता सांस्कृति सौन्दर्य प्रतियोगिता भएको र यसबाट नेवारी संस्कृति, संस्कारदेखि जात्रा, पर्व, लवाई खुवाईका बारेमा नयाँ पिढीलाई ज्ञान प्रदान गरिने उत्कृष्ट थलोका रुपमा पाएको अनुभव सुनाईन्। महर्जनले आफुभित्रको प्रतिभा प्रष्पूmटन तथा नेवारी समुदायका हरेक विषयका कुरा सिक्नका लागि मिस नेवाः नेपाल सुनौलो अवसर भएको बताइन्।
आयोजक हेमा मानन्धरका अनुसार मिस नेवाः नेपालको उपाधि चुम्नेले एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछिन्। त्यसै गरी फस्ट र सेकेण्ड रनर्सअप विजेताले क्रमशः ५० र २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

Inside Article Ads

अडिसन राउण्डबाट छानिएका नेवार युवतीहरुबीचको अन्तिम स्पर्धाबाट मिस नेवाः नेपाल, फस्ट रनर्सअप र सेकेण्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, वेस्ट नेपाल भाषा, सोसल वेलफेयर एम्बेस्डर चिफ, वेस्ट ड्रेस, मिस फोटोजेनिक, वेस्ट स्माइल, वेस्ट हेयर, मिस पब्लिक च्वाईस, मिस डिसिप्लेन, मिस पे्रmन्डसीप, मिस पर्सनालिटी, मिस चार्मिङ र वेस्ट स्किन गरी कुल १६ विधामा विजेता चयन गरिनेछ। प्रतियोगिताका सहभागीहरुलाई विभिन्न सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। यसका लागि प्रतियोगिहरुलाई विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण प्रदान गरिनेछ भन्ने विभिन्न स्थल घुमाएर व्यबहारिक ज्ञान पनि दिइनेछ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.