
काठमाडौँ — ८ पुस २०७८
काठमाडौँ , नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लू विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ मा हुने भएको छ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ । पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभीवेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडलवेट च्याम्पियनले ५० हजार, टयाग टिम च्याम्पियनले ४५ हजार र लाइटवेट च्याम्पियनले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
( कान्तिपुर दैनिक )
