Fast Nepal News

धरानमा यलम्बरको सालिक स्थापना

banner single news

सुनसरी — ७ पुस २०७८

सुनसरी, प्रथम किराँती राजा यलम्बरको सालिक धरान– १७ स्थित साकेला पार्कमा स्थापना गरिएको छ । ब्रिटिस गोर्खा सैनिकबाट अवकाश प्राप्त क्याप्टेन भीमराज राईको स्मृतिमा उनको परिवारले मंगलबार साकेला पार्कमा राजा यलम्बरको ९ फिट अग्लो सालिक स्थापना गरेको हो । धरान उपमहानगर प्रमुख तिलक राई र स्वर्गीय क्याप्टेन राईकी श्रीमती धुपीमाया राईले संयुक्त रूपमा सालिक अनावरण गरेका थिए । यलम्बरको सालिक कलाकार बिसन परियारले तयार गरेका हुन् । 

 साकेला पार्कमा सालिक स्थापनाका लागि किराँत राई यायोक्खाले संयोजन गरेको यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए । स्वर्गीय क्याप्टेन राईका परिवारका अनुसार सालिक निर्माण र अनावरण समारोहसमेत गरी १७ लाख रुपैयाँ खर्च लागेको छ । सालिक अनावरण समारोहमा कलाकार परियारसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो । यलम्बरको सालिक अनावरण गर्नुअघि धरान–१० स्थित यलम्बर स्मृति संग्रहालय भवनमा नवनिवार्चित यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको पदस्थापना गरिएको थियो ।     

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.