Fast Nepal News

कांग्रेस प्रदेश २ अधिवेशन : ७२ पदका लागि १८० को उम्मेदवारी

banner single news

धनुषा — ७ पुस २०७८

धनुषा , जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश अधिवेशनमा ७२ पदका लागि १ सय ८० जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस प्रदेश निर्वाचन समितिका निर्वाचन अधिकृत प्रल्हाद गौतमले १ सय ८० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएको नाम सार्वजनिक गरेका छन् । निर्वाचन अधिकृत गौतमका अनुसार बुधबार दिउँसो १ बजे देखि मतदान हुने भएको छ । प्रदेश सभापतिमा २ जना, प्रदेश उपसभापति २ पदमा ५ जना, महामन्त्री २ पदका लागि ५ जना, सहमहामन्त्री पुरुष २ पदका लगि ८ जना र सहमहामन्त्री महिला १ पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश खुल्ला सदस्य १४ पदका लागि ४९ जना, प्रदेश सदस्य खुल्ला महिला ७ पदका लागि १३ जना, प्रदेश सदस्य खुल्ला प्रत्येक जिल्ला ८ पदका लागि १४ जना, प्रदेश सदस्य खुल्ला प्रत्येक जिल्ला ८ पद महिलाका लागि ११ जना, प्रदेश सदस्य खस आर्य १ पदका लागि ४ जना उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सदस्य आदिवासी जनजाति १ पदका लागि ३ जना, प्रदेश सदस्य आदिवासी जनजाति १ महिला पदका लागि २ जना, प्रदेश सदस्य मधेसी खुल्ला ७ पदकन लागि १६ जना, प्रदेश सदस्य मधेसी ६ पद महिलाका लागि १२ जना, प्रदेश सदस्य दलित ३ पद खुल्लाका लागि १० जना, प्रदेश सदस्य दलित महिला २ पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सदस्य खुल्ला थारु १ पदका लागि २ जना, प्रदेश सदस्य मुस्लिम खुल्ला २ पदका लागि ६ जना, प्रदेश सदस्य मुस्लिम महिला १ पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सदस्य अल्पसंख्यक र अपाङ्ग १ पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Inside Article Ads

प्रदेश २ मा प्रदेश अधिवेशनमा १ हजार ८ सय ३६ जना मतदाता रहेको निर्वाचन अधिकृत गौतमले बताए । नेपाली कांग्रेस प्रदेश निर्वाचन कार्यालयले प्रदेश सभापति पदको उम्मेदवारी दस्तुर १५ हजार, उपसभापति, महामन्त्री र उपमहामन्त्री पदको लागि उम्मेदवारी ११ हजार र प्रदेश सदस्यमा उम्मेदवारीको लागि ५ हजारका दरले दस्तुर संकलन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा कृष्ण यादव र पूर्व उपसभापति विमलेन्द्र निधि पक्षबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेश सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश २ नेतृत्वमा निधिलाई शेखर कोइराला समूहले साथ दिएको छ । देउवा समूह र निधि–कोइराला समूहले प्रदेश अधिवेशनका लागि छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसमा प्रदेश २ अधिवेशन प्रतिष्ठाको अधिवेशन बनेको छ ।    

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.