Fast Nepal News

आरआर क्याम्पसमा चिट चोर्न रोक्दा विद्यार्थीले शिक्षक कुटे

banner single news

काठमाडौँ — ६ पुस २०७८

काठमाडौँ , रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर)का विद्यार्थीले शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका छन् । चिट चोर्न रोक्दा ब्याचलर अफ आर्ट्स इन सोसल वर्क(बीएएसडब्लू) दोस्रो वर्ष अध्ययनरत कुवेर जेठाराले पुडासैनीमाथि आक्रमण गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ । आरआर क्याम्पसमै रहेको पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक ऋषिकेश दाहालले घटनाबारे उल्लेख गर्दै ट्विटरमा लेखेका छन्,’चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडास‌ैनीमाथि आक्रमण भएको छ। उहाँको टाउकोमा सात टाँका लगाउन परेको छ। यसभन्दा लज्जाको विषय के होला? कस्तो शिक्षा दिइरहेका छौं हामीले ।’

त्यस्तै ट्विट गर्दै पत्रकारिता विभागका सहप्राध्यापक कुन्दन अर्याल लेख्छन्,’ आज बिहान सबेरै कक्षा सकेर निस्कँदा सुन्नु पर्यो, आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटे। पत्रकार तथा गुरु जगत नेपालले भन्नु भयो, मेरो आँखै अगाडि त्यो विभत्स घटना भयो। त्रिभुवन विश्वविद्यालय शान्ति क्षेत्र बन्नै सक्दैन त!??? विद्यार्थी संगठनहरुको भूमिका के हुन सक्छ !??? ‘ शिक्षकमाथि यसरी आक्रमण गरेको विरोधमा क्याम्पसका प्राध्यापक संघ, प्रजातन्त्रवादी प्रध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म अध्यापन नगर्ने निर्णय गरेका छन् । शैक्षिक स्थलमा प्राध्यापकहरु असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारीलाई गल्ती अनुसारको कारबाही नभएसम्म अध्यापन नगर्ने निर्णय गरेका हुन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.