Fast Nepal News

भीभोको ‘सेल्स कार्निभल’

banner single news

काठमाडौँ — ६ पुस २०७८

काठमाडौँ , विश्व प्रसिद्ध स्मार्टफोन ब्राण्ड भीभोले नेपालमा चौथो वार्षिकोत्सव मनाएको छ । ४ वर्षको अवधिमा भीभो स्मार्टफोनको बिक्री अत्याधिक बढेको छ । वार्षिकोत्सवको अवसरमा स्टेकहोल्डर र ब्राण्ड एम्बासडर प्रदिप खड्काको उपस्थितिमा सेल्स कार्निभलको उद्घाटन गरिएको थियो । उक्त अवसरमा खड्काले बजारमा नयाँ प्रवेश गरेको वाई सिरिज अन्तर्गतको वाई १५ स्मार्टफोन सार्वजनिक गरे ।  स्थानीय ग्राहकलाई आकर्षित गर्न भीभोले प्रत्येक वर्ष सेल्स कार्निभलको आयोजना गर्दै आएको छ, जहाँ आकर्षक उपहारहरु र डिस्काउन्टको व्यवस्था गरिएको हुन्छ । डिसेम्बर १५ देखि २२ दिन अर्थात् ५ जनवरी २०२२ सम्म संचालन हुने सेल्स कार्निभलमा ग्राहकले आकर्षक र मनमोहक उपहारका साथै भीभोको भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एसको खरिदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहार जित्ने मौका पाउने छन् । यसका साथै यो अवधिमा भीभोको फोन खरिद गर्ने हरेक ग्राहकले निर्धारित समयभन्दा थप ६ महिनाको वारेन्टी पाउन सक्नेछन् ।

भीभोको वाई १५ एस बजारमा
Inside Article Ads

भीभोले लोकल कमिटमेन्ट र निर्देशन अन्र्तगत ‘मोर लोकल मोर ग्लोवल’ सिद्धान्त अनुसार नयाँ पुस्ताको चाहनालाई परिपूर्ति गर्न नयाँ ब्राण्ड वाई १५ एस बजारमा ल्याएको छ । वाई १५ एस स्मार्टफोन शक्तिशाली र लामो समयसम्म टिक्ने गरी बनाइएको कम्पनीको दावी छ । यसमा ५००० एम.ए.एच. ब्याट्री, साइड माउन्टेड फिङ्गरप्रिन्ट टेक्नोलोजी र डुअल ए.आइ क्यामेरा रहेको छ । शक्तिशाली ह्यान्डसेट रुचाउने नयाँ पुस्ताको लागि यो स्मार्टफोन उपयोगी छ । यसमा ६.५१ इञ्चको हेलो फुल भ्यु डिस्प्ले विथ आइ प्रोटेक्सन टेक्नोलोजी समावेस गरीएको छ जसको कारणले दिनभरी फोन चलाउँदा पनि आँखा थकित हुँदैन । उक्त शक्तिशाली स्मार्टफोनको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

( कान्तिपुर दैनिक )

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.