Fast Nepal News

पुनः सञ्चालनमा आउँदै सुर्खेत विमानस्थल

banner single news

सर्खेत —  ६ पुस २०७८

सर्खेत , गत मंसिर १० गतेदेखि बन्द रहेको सुर्खेत विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि आज (मंगलबार) देखि विमानस्थल सञ्चालन गर्न लागिएको हो । मंसिर १० गतेदेखि विमानस्थल मर्मतको काम थालिएको थियो। विमानस्थल सञ्चालन हुने भएपछि मंगलबारका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं-सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत-काठमाडौं नियमित उडान गर्दै आएको छ ।

बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको थियो । नेपालगञ्जमा दैनिक विमानस्थलको धावनमार्ग मर्मतको काम सकियो पाँच उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द रहेका बेला दैनिक ६ उडान गर्थ्यो । मर्मतको समयमा पनि सुर्खेत विमानस्थलमा हेलिकोप्टरको उडान भने नियमित भइरहेको थियो । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार विमानस्थलमा धावनमार्ग ओभरले गर्ने काम सम्पन्न भएको छ ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.