Fast Nepal News

लिटिल स्टार काभ्रेको ताज यानी र शिखालाई

banner single news

काभ्रे । इनोभेसन इभेण्ट म्यानेजमेण्टको आयोजनमा पौष ३ गते काभ्रेमा सम्पन्न लिटिल स्टार काभ्रेको ताज यानी सिग्देल र शिखा मानन्धरले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका सिग्देल र मानन्धरले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । सिग्देल र मानन्धरले ताज जितेको उक्त प्रतियोगितामा फर्स्ट रनर अपको उपाधी प्रनिशा चौलागाई र रिजा  शिल्पकारले जितेका छन् भने अनुज्ञा ढकाल र दिया पराजुली सेकेण्ड रनर अप बन्न सफल भएका छन् ।                                                                  त्यसैगरि प्रतियोगिता अन्तर्गत थर्ड रनर अपमा सृसा लामा र अपेक्षा लिम्बु र फोर्थ रनर अपमा  संयोग जंग थापा र अभय डङोलले स्थान सुरक्षित गरेका छन् ।

त्यस्तै प्रतियोगिता अन्तर्गत लिटिल प्रिन्स र लिटिल प्रिन्सेसको टाईटल क्रमश: अमोश श्रेष्ठ  र स्‍मृति ढकालले जिते भने एलिशा सिंह मल्टिमिडियाको टाईटल जित्न सफल भईन् ।

शुशान्त काजी श्रेष्ठको कोरियोग्राफीमा सम्पन्न  प्रतियोगितामा रोजिन शाक्यले एमसीको भुमिका निभाएका थिए ।

Inside Article Ads

कार्यक्रम सौहार्दपुर्ण तबरले सम्पन्न भएको आयोजक संस्थाका प्रमुख महेश केसीले जनाएका छन् ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.