Fast Nepal News

घरघरमा सुनकोसीको पानी

banner single news

सिन्धुली — ४ पुस २०७८

सिन्धुली , पोहोर हिउँदसम्म खानेपानीका लागि निकै सकस खेपेका सुनकोसी गाउँपालिका–६ चैनपुरका राजन कार्की यतिबेला भने ढुक्क छन् । सुनकोसी नदिबाट तानेको पानी ७६ घरधुरीमा आइपुगेको छ । चैनपुर सौर्य लिफ्ट खानेपानी आयोजना पूरा भएपछि बस्तीलाई सुविधा भएको हो । आयोजनाका अध्यक्ष कार्कीका अनुसार यसका लागि गाउँलेले पनि डेढ महिना श्रमदान गरेका हुन् ।

पानीबापत चार युनिटसम्म न्यूनतम १ सय ५० रुपैयाँ र त्यसपछि प्रतियुनिट २५ का दरले मासिक शुल्क निर्धारण गरिएको छ ।   सुनकोसी नदी किनारमा खनिएको इनारबाट मोटरले पानी डाँडाको २० हजार लिटरको ट्यांकीमा खसालेपछि पाइपबाट बस्तीमा पुर्‍याइएको छ । रेडक्रसको पुनर्लाभ परियोजनाअन्तर्गत निर्माण सम्पन्न आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । परियोजना संयोजक जयबहादुर चौधरीका अनुसार आयोजना ७४ लाख ४० हजारको लागतमा निर्माण सम्पन्न भएको हो ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.