Fast Nepal News

भगवान अधिकारी: नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभागका सदस्यमा मनोनयन ।

banner single news

काभ्रे । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भगवान अधिकारी नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभागका सदस्य मनोनयन भएका छन् । नेपाली कांग्रेसको युबा पुस्तामा राजनीति गर्न जति कठिन छ,त्यति नै सजिलो पनि ।अरुलाई स्थापित गर्नु र आफु जमिनमा उभिन खोज्नु राजनीतिक धर्म हो भन्दै विद्यार्थी राजनीतिबाट उठेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भगवान अधिकारी नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभागका सदस्य मनोनयन भएका छन् ।बिभाग सदस्यको पत्र केन्द्रीय सभापति शेरबहादुर देउवाद्वारा दिइने भए पनि बिभागिय प्रमुख भने कांग्रेस केन्द्रीय सदस्य शिव हुमागाई छन् । राजनीतिमा कोही आजात शत्रु वा मित्र हुन्नन भन्ने अधिकारी रत्न राज्य लक्ष्मि क्याम्पसबाट पत्रकारिता तथा आम संचार बिषयमा स्नातकोत्तर र कानुनका स्नातक हुन ।अधिवक्ता र पत्रकारिता,प्राध्यापन समेतलाई चटक्कै छोडेर काभ्रेका गाउँ बस्तीमा पुग्ने यी युबा नेपाल विद्यार्थी संघ काभ्रेको अध्यक्ष र केन्द्रीय सदस्य पनि भैसके । भुकम्पमा गाउँ बस्तीमा करोडौंको राहत ,अस्थायी घर ,जस्ता पाता बाड्न खटेका यी युबालाई जिल्लाले आफ्नो सहयोगी स्वीकारे । नेता अधिकारी भन्छन् – हामी बिपिले भने झैँ सुकिलामुकिलाको चेपाहामा पर्न लागिसक्यौ ,बिरासत र पार्टी भित्रको आन्तरिक लोकतन्त्र वृद्धिमा हामी तमाम युवा लड्नु छ । युवाको भबिस्य र देशको समृद्धि र बिकासमा लाग्नुपरेको छ ।अहिलेको अवस्थामा श्रमिक ,मजदुरको हकहितमा युबाहरु लाग्नुपर्छ ।आन्दोलनमा काम गरेका युवा बिछिप्त भैरहेको अवस्था छ भने सुविधाजनक राजनीतिमा आउनेहरुको हालीमुहाली बढेको छ ।यस्लाई चिर्न राजनीतिक संस्कार बुझेकालाई राजनीतिमा आकर्षण बढाउनु अाजकाे टट्काराे अावस्यकता रहेकाे अधिकारि वताउछन्।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.