
धनगढी — १ पुस २०७८
धनगढी , २०४६ र ०६२/६३ सालको जनआन्दोलनको रापतापले तत्कालीन राजनीतिक व्यवस्था त परिवर्तन गर्यो नै, सँगसँगै सार्वजनिक स्थलहरूमा ठडिएका तत्कालीन शासकहरूका निर्जीव प्रतिमाहरू पनि ढालिए । त्यसै क्रममा ०६२/६३ को जनआन्दोलनका क्रममा पूर्व–पश्चिम राजमार्गमा पर्ने कैलालीको अत्तरियामा राजा महेन्द्रको आकर्षक सालिक पनि ढल्यो । तर डेढ दशकपछि त्यही ठाउँमा उनै राजा महेन्द्रको प्रतिमा पुनःस्थापना गर्न सबै राजनीतिक दल आबद्ध युवा, स्थानीय कार्यकर्ताहरू एकबद्ध भएर जुटेका छन् ।
( कान्तिपुर दैनिक )
