Fast Nepal News

कांग्रेस महामन्त्री पदको मतगणना सुरू

banner single news

काठमाडौँ — १ पुस २०७८

काठमाडौँ , कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा अहिले साढे १० बजेबाट मतगणना सुरु भएको हो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले महामन्त्री पदको मतगणना सुरु भएको जानकारी दिए । सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । 

सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्की प्रतिस्पर्धामा छन् । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको छ । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 39 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.