
काठमाडौँ — २८ मंसिर २०७८
काठमाडौँ, कांग्रेस सभापतिको चयनका लागि मंगलबार दिउँसो ३ बजेपछि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा सोमबार तोकिएका ३ ठाउँमै दिउँसो साढे ३ बजेदेखि ७:३० सम्म चुनाव हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।
( कान्तिपुर दैनिक )
