
प्रकाश तामाङ/सिर्जना अधिकारी/प्रकाश कपाली। मुलुकमा वर्तमान राजनैतिक परिप्रेक्ष्यलाई हेर्ने हो भने महाधिवेशनको चहलपहल बढेको छ। आफ्नो पार्टीलाई सशक्त बनाउन विभिन्न राजनीतिक दलका नेताहरुले नयाँ नेतृत्व चयन गरी पार्टीलाई सशक्त बनाउने र जनताको सामु राज्यका हरेक क्षेत्रमा असल काम गरेर देखाउने उद्देश्यले विभिन्न पार्टीले महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व चयन गरेका छन्। नेकपा एमालेले मंसिर १० गते १० औं महाधिवेशन चितवनको नारायणी नदीमा सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। यसैगरी नेपाली कांग्रेसले पनि १४ औं महाधिवेशनको संघारमा रहेको छ। महाधिवेशनको संघारमा रहेका नेपाली कांग्रेसले स्थानीय, क्षेत्रीय र प्रदेश महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गरिसकेको छ। अब नेपाली कांग्रेस केन्द्रीय तहको महाधिवेशनको तयारीमा समेत जुटेको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशन गरी पार्टीमा नयाँ नेतृत्व चयन गरिसकेको छ। वैकल्पिक पार्टीका रूपमा आफूलाई चिनाउने पार्टीका रुपमा रहेका साझा विवेकशील पार्टीले पनि एकता महाधिवेशन गरिसकेको छ। नेकपा माओवादी केन्द्र पनि विभिन्न तहहरुमा नयाँ नेतृत्व चयन गर्न महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरिरहेका छन्। यसरी विभिन्न राजनीतिक दलका नेताहरुले आफ्ना पार्टीको गतिविधिलाई अगाडी बढाउन र निर्वाचनमा जनताको जनादेश लिई मुलुकमा सुशासन शान्ति र परिवर्तन गर्नका लागि जनताको हकअधिकार स्थापित गर्नको लागि असल नेतृत्वको चयन गर्दै महाधिवेशनमा अग्रसर भईरहेको अवस्था छ। महाधिवेशनले हरेक पार्टीको नयाँ नेतृत्वलाई उर्जा प्रदान गर्दै आगामी दिनहरुमा मुलुकलाई नयाँ निकास दिन र जनताको अगाडि आफ्नो पार्टीलाई सशक्त बनाउन समेत प्रस्तुत भएको छ। जसको प्रमुख माध्यम महाअधिवेशन बन्न पुगेको छ। महाधिवेशन बाट निर्वाचित प्रतिनिधिहरू पार्टीको सदस्यता लिई निर्वाचनमा जनताको ताजा जनादेशको अपेक्षा गर्दै जनताको घरदैलोमा पुग्न र जनताको चासो र गुनासोको बिषय, मुलुकको परिवर्तन, राष्ट्रियता स्वाधीनता र अखण्डताको रक्षा गर्दै सार्वभौम नागरिकको जनादेशको अपेक्षा गर्दै मुलुकमा नयाँ नेतृत्व गर्ने चाहना सहित प्रस्तुत हुन महाधिवेशनले ठूलो भूमिका खेलेको छ। त्यसैले राजनैतिक दलहरूको नयाँ नेतृत्व चयनमा महाधिवेशनको ठूलो भूमिका हुन्छ। महाधिवेशनबाट निर्वाचित भएका प्रतिनिधिहरुले जनताको ताजा जनादेश लिन सक्षम छन् भन्ने कुरा प्रमाणित गर्ने राजनीतिक दलहरूको महत्वपूर्ण अङ्गको रूपमा महाधिवेशनले ठूलो भूमिका निर्वाह गरेको पाईन्छ। त्यसैले आफ्नो पार्टीका कार्यलाई सशक्त रुपमा अगाडि बढाउन र मुलुकको परिवर्तनका लागि नेतृत्व गर्न महाधिवेशनको ठुलो भूमिका निर्वाह गरेको छ। त्यसैले मुलुकलाई नयाँ नेतृत्व दिन, मुलुक रुपान्तरणका लागि पुस्तान्तरण गर्न राजनीतिक पार्टीहरूका लागि महाधिवेशन एउटा खम्बाको रुपमा प्रस्तुत भएको देखिन्छ।
