Fast Nepal News

गोला प्रणालीबाट तोकियो सर्वोच्चमा दोस्रो दिन पनि पेशी

गोला तान्दा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास बनेको छ ।यस्तै न्यायाधीशहरु मीरा खड्का र नहकुल सुवेदीको दुईवटा संयुक्त इजलास गठन भएको छ ।

banner single news

१६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अनुपस्थितिमा अन्योलका बीच १० वटा इजलास गठन भएका छन् ।

न्यायाधीशत्रय हरिकृष्ण कार्कीको साथमा न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलास गठन भएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलास बनेको छ ।
बिहीबार पनि कानुन व्यवसायीहरुसँगको छलफलका कारण सर्वोच्च अदालतमा मध्यान्हसम्म पनि पेशी सूची तोकिएको थिएन।
त्यसैगरी सुष्मालता माथेमा, कुमार रेग्मी र र डा. मनोजकुमार शर्माको पूर्ण इजलास गठन भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त इजलास गठन भएको छ । न्यायाधीश प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलास गठन भएको छ ।

Inside Article Ads

सपना प्रधान मल्ल र तेजबहादुर केसीको संयुक्त इजलास गठन भएको छ । त्यस्तै अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र डा. कुमार चुडालको पनि संयुक्त इजलास गठन भएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.