Fast Nepal News

महेश बस्नेतले एमाले सचिवमा उम्मेदवारी दिने

banner single news

काठमाडौँ — ७ मंसिर २०७८

काठमाडौँ , नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दसौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वमन्त्री समेत रहेका बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै पपुलर मत ल्याएर जित्ने दाबी गरे । मंगलबार पत्रकार सम्मेलन गरी उनले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आफैं पनि आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने तर्क समेत गरे । उनले पार्टीमा युवाहरुको प्रतिनिधित्वलाई सुनिश्चित गराउन पनि आफूले उनीहरुको प्रतिनिधित्व गर्दै सचिवमा उम्मेदवारी दिएको बताए ।

Inside Article Ads
नेता बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गरे । रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उपयुक्त हुने सुझाव समेत उनले दिए । नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरु र १० बुँदे सहमतीको अवधारणा बोकेर आएका नेताहरुलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्न लागिपर्ने बताए ।      

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.