Fast Nepal News

कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा पाल्पामा पौडेल पक्षको बर्चश्व

banner single news

पाल्पा — ७ मंसिर २०७८

पाल्पा , नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको क्षेत्रीय समितिको अधिवेशन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हाबी भएको छ । सोमबार मतदान भएर मंगलबार बिहान मतगणना सकिएको हो । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार भने निर्वाचित हुन सकेनन् । प्यानलगत निर्वाचन लडे पनि दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा पौडेल पक्षकै बर्चश्व देखिएको हो । कांग्रेसको केन्द्रीय नेतृत्व चयन र नीति निर्माणका लागि संघीय महाधिवेशन प्रतिनिधि चयन सबैभन्दा महत्वपूर्ण मानिन्छ । देउवा पक्षीय प्रतिनिधि दुईजनाले मात्र जित हात पारेका छन् । कुल ५२ जना प्रतिनिधिमध्ये दुई क्षेत्रीय सभापति पौडेल पक्षधर नै विजयी भए । कुल ५० मध्ये २ जना मात्र देउवा पक्षधरका महाधिवेशन प्रतिनिधि विजयी भएको दाबी पौडेल पक्षधर नेताहरूले जानकारी दिए । देउवा पक्षधर प्यानलमा नपरे पनि क्षेत्र १ मा दुई जनाले जित हात पारेका छन् । वडा र प्रदेश क्षेत्र निर्वाचन सकिएको पाल्पामा मंगलबार दुई निर्वाचन क्षेत्रमा मतदान र मतगणना सकिएको हो । सोमबार मतदान भएको थियो भने मंगलबार नतिजा सार्वजनिक भएको हो । क्षेत्रीय समिति अध्यक्ष दुई र केन्द्रीय महाधिवेशन प्रतिनिधि २५/२५ जना छनोट गरेको छ ।

क्षेत्र १ बाट क्षेत्रीय अध्यक्ष झमनबहादुर राजमगर र क्षेत्र २ बाट मुक्तिराम जीसी सभापति निर्वाचित भए । राजमगरको प्रतिस्पर्धी विष्णु बोमरेल थिए भने जीसीको प्रतिस्पर्धी यादवसिंह कार्की थिए । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ज्ञानबहादुर गाहा, रमणबहादुर थापा, देवराज ढकाल, सन्तोषकुमार थापा, कृष्णप्रसाद अधिकारी, दानबहादुर पछाई, कल्प पौडेल, शालिकराम पाण्डेय, खगेश्वर पाठक, दानबहादुर पछाई निर्वाचित भए । खस आर्यमा विजया भट्टराई निर्विरोध भइन् भने खिम बहादुर क्षेत्री निर्वाचित भए । खुला महिलातर्फ गंगा पंगेनी, दुर्गादेवी भण्डारी, पवित्रा ढकाल पौडेल, विष्णुमाया ढकाल निर्वाचित भए । जनजाति महिलातर्फ नरिसरा गाहा, मुना थापा, सीमादेवी थापा निर्विरोध निर्वाचित भए । जनजाति खुलातर्फ सन्दीप राना, विष्णुकुमार थापा, पूर्णबहादुर सोती र दिल बहादुर ढेंगा निर्वाचित भए । दलितबाट अर्जुन विक निर्वाचित भए भने समावेशी समूहमा हजुलदिन मियां निर्विरोध भए ।

Inside Article Ads

क्षेत्र २ बाट महाधिवेशन प्रतिनिधि खुलातर्फ बीरबहादुर राना, हिमालदत्त श्रेष्ठ, कृष्णप्रसाद बस्याल, यमलाल तिमिल्सेना, मेजरसिंह केसी, विद्यान प्रसाद श्रेष्ठ, झपेन्द्र गैरे, शंकर रायमाझी, महेन्द्रप्रसाद पाण्डेय, रामेश्वर पन्थी निर्वाचित भए । महिलातर्फ धनकला गाहा, सुनिता अधिकारी, शान्ता बोहोरा, लालकुमारी राना निर्वाचित भए । खसआर्यतर्फ राम कार्की र शिवचन्द्र खनाल, जनजनति खुलातर्फ कृष्णबहादुर राना, नलबहादुर राना मगर र राजेन्द्र गोपाल सिंह निर्वाचित भए । दलिततर्फ लक्ष्मण हितांङ र अल्पसंख्यममा जमिला मिया निर्वाचित भए । खसआर्य महिलामा कान्ता अधिकारी र बसन्ती घिमिरे, जनजाति महिलातर्फ शान्ति झेडी र शोभा शाक्य निर्विरोध निर्वाचित भएका छन् ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.