Fast Nepal News

वन कर्मचारीले घूस लिएको आरोप

banner single news

तेह्रथुम — ७ मंसिर २०७८

तेह्रथुम , यातायात व्यवसायीसँग अवैध रकम असुलेको आरोपमा वसन्तपुर सब डिभिजन वन कार्यालयकी वन रक्षक डोलकुमारी कुमाल जिल्ला तानिएकी छन् । डिभिजन वन कार्यालय तेह्रथुमले छानबिन समिति गठन गरी वन रक्षक कुमाललाई मंगलबारदेखि जिल्लामै हाजिर हुने गरी तानेको हो ।

कुमालले तीन दिनअघि काठको गोलीया लोड गरिएको ट्रकमा सिल लगाउने क्रममा कार्यकक्षभित्रै व्यवसायीसँग १ हजार २ सय रुपैयाँ पैसा लिएको भिडियो बाहिरिएको थियो । त्यसलगत्तै उनीमाथि छानबिन गर्न डिभिजन वन कार्यालयले समिति गठन गरेको थियो । वन कर्मचारीले काठ व्यवसायीसँग विभिन्न बहानामा अवैध रकम असुल्दै आएको आरोप लाग्‍ने गरेको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.