Fast Nepal News

सिन्धुपाल्चोकमा गोठमा आगलागी : ३ बालकको मृत्यु

banner single news

सिन्धुपाल्चोक — ७ मंसिर २०७८

सिन्धुपाल्चोक , हेलम्बु गाउँपालिकाको वडा नम्बर –७ सर्सिङगाउँको एक गोठमा आगलागी हुँदा जलेर तीन बालकको मृत्यु भएको छ । सोमबार बेलुकी हेलम्बु गाउँपालिका–७ का सञ्चमान तामाङको ढुंगामाटाले बनेको एक तले गोठमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार सञ्चमानका ६ वर्षीय छोरा मनोज, सर्सिङकै ५ वर्षका मनीष तामाङ र ५ वर्षे दिलबहादुर तामाङको आगोमा जलेर मृत्यु भएको छ ।

मनीष स्थानीय सुकुमान र दिलबहादुर साइल तामाङका छोरा भएको प्रहरीले जनाएको छ । गोठमा बालबालिका छोडेर खेतीपातीमा गएको बेला घटना घटेको स्थानीयले बताएका छन् । घटना भएको केही समयमै स्थानीय र प्रहरीले आगोलाई निभाए पनि बालकहरूलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.